पासपोर्ट (राहदानी) सम्बन्धी सेवा
|
पासपोर्टको लागि फाराम भर्ने प्रकृया, आवश्यक कागजात तथा राजश्व दस्तुर सम्बन्धी जानकारी |
साउदी अरबको मक्काह, मदिना, असिर, जिजान, नजरान, आभा खमिस, अल बाह र ताबुक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई महावाणिज्यदूतावासले विभिन्न सेवाहरु प्रदान गर्दछ । उक्त क्षेत्रमा बसोबास गर्ने वा अन्य कुनै कारणले महावाणिज्यदूतावासको कार्यक्षेत्र अन्तर्गत रहनु भएका नेपाली नागरिकहरुलाई यस महावाणिज्यदूतावाबाट पासपोर्ट सम्बन्धी सेवा प्रदान हुन्छ ।
गुगल वा अन्य कुनै इन्टरनेटको सर्च ब्राउजर प्रयोग गरी Consulate General of Nepal, Jeddah खोज्नुहोस वा सोझै https://jed.nepalconsulate.gov.np/ टाइप गरी नेपाली वाणिज्यदूतावास,जेद्दाको वेबसाइटमा जानुहोस् ।
- वेबसाईटको होम पेजमा अनलाइन पासपोर्ट फाराम भर्न यहाँ क्लिक गर्नुहोस लिङ्कमा Click गर्नुहोस् ।
- अथवा, सोझै राहदानी विभागको यो लिंकमा थिच्नुहोस
- Type of Application मा विकल्पहरु छान्नुहोस् :
- पहिलो पटक पासपोर्ट लिन (First Issuance)- पहिलोपटक पासपोर्ट आवेदनको लागि (जसको यस अघि पासपोर्ट बनेको छैन) यो बिकल्प छान्नुहोस् ।
- म्याद सकिएको पासपोर्ट नवीकरण गर्न (Renewal)- हालको रहादानीको म्याद सकिएको वा सकिन लागेको, पाना सकिएको वा म्याद रहेतापनि विवरण त्रुटी भई सोको सट्टामा नयाँ पासपोर्ट बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
- हराएको/चोरिएको Replacement (Lost/Stolen)/- पुरानो पासपोर्ट हराएको वा चोरीभएकोले सोको सट्टामा नयाँ पासपोर्ट बनाउने ले यो बिकल्प छान्नुहोस् ।
- बिग्रेको पासपोर्टको सट्टामा Replacement (Damaged)- पुरानो पासपोर्टको पाना केरमेट भएको, भिजेको, च्यातिएको वा अन्य कुनै तवरले आंशिक वा पूर्ण रुपले बिग्रिएकोले सोको सट्टामा नयाँ पासपोर्ट बनाउने आवेदकले यो बिकल्प छान्नुहोस् ।
- आफुले ३४ वा ६६ मध्ये कति पृष्ठ भएको पासपोर्टको लागि आवेदन गर्नेहो सो विकल्प छानी Proceed मा Click गर्नुहोस् ।
- "I agree स्वीकृत छ" भन्ने शीर्षकमा click गर्नुहोस् ।
- Appointment Country मा Others विकल्प छानी दायाँपट्टी रहेको Appointment Location शीर्षकमा Click गरी CGN,Jeddah छान्नुहोस् ।
- आफुलाई अनुकुल पर्ने उपलब्ध मिति तथा समय (गाढा कालो रंगमा देखिने) छानी Captcha Character लाई तलपट्टी टाइप गरी Next मा click गर्नुहोस् ।
पासपोर्ट नविकरणका लागि आवश्यक कागजात तथा लाग्ने राजश्व
|
आवश्यक कागजातहरु
|
शुल्क (साउदी रियाल) |
कैफियत
|
|
|
म्याद सकिएको पासपोर्ट नवीकरण |
|
२०० |
पासपोर्ट नवीकरणका लागि फोटो ल्याउनु पर्दैन । आफै बसेर फोटो खिच्न नसकिने नाबालकका लागि मात्र तोकिए अनुसारको फोटो ल्याउनु पर्ने । |
|
हराएको,जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रीएको पासपोर्टको सट्टा पासपोर्ट नवीकरणको लागि । |
|
३०० |
|
|
नाबालकको पहिलो पटक पासपोर्ट बनाउन
|
|
१०० |
|