प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Repatriation of Human Remains

शव नेपाल पठाउने सम्बन्धी प्रकृया

शव नेपाल लैजान के -के प्रकृया पुरा गर्नु पर्छ ?

कम्पनी वा रोजगार प्रदायकसंगको कार्य सम्झौता अवधि भित्रै कामको सिलसिलामा मृत्यु भएको कामदारको शव नेपाल पठाउने तथा त्यसका लागि पुरा गर्नु पर्ने सम्पुर्ण जिम्मेवारी स्थानीय कानुन बमोजिम सम्बन्धित कम्पनी/रोजगार प्रदायकको रहन्छ । नियोग आफैले पुरा गरिदिनु प्रकृया खासै हुँदेनन तर कम्पनी एवम् नातेदारहरुसंग समन्वय र सहजिकरणको कार्य गर्दछ ।

कुनै कम्पनीमा कार्यरत कुनै नेपाली कामदारको मृत्यु भएको खण्डमा त्यस्तो कम्पनी/प्रायोजकको प्रतिनिधि (साउदी नागरिक) निम्न कागजातहरू साथमा लिएर दूतावासमा उपस्थित हुनुपर्ने हुन्छ:

उल्लिखित कागजातहरू प्राप्त भएपश्चात, मृत शरीर फिर्ता गर्न आवश्यक पर्ने विभिन्न कागजातहरू तयार गरी प्रकृयाहरु अघि बढाउनका लागि कम्पनी/प्रायोजकको प्रतिनिधिको नाममा नियोगबाट सर्वप्रथम Letter of Authorization (LOA) जारी गरिन्छ (केही क्षेत्रमा नियोगको पत्रबेगर समेत प्रकृया अघि बढाउने गरेको बुझिएको LOA ले कम्पनी/प्रायोजकलाई साउदी अरबका विभिन्न सम्बन्धित निकायहरुबाट आवश्यक कागजातहरू प्राप्त गर्न सहजिकरण गर्छ ।

नियोगबाट LOA प्राप्त गरेपश्चात कम्पनी/प्रायोजकले विभिन्न निकायहरुबाट देहायका कागजातहरु प्राप्त गर्नु पर्दछ

उल्लिखित कागजात सहित निम्न अनुसारका वस्तु/विवरणहरु नियोगमा पेश गरेपश्चात No Objection Certificate (NOC) जारी गरिन्छ:

नियोगले मृतकको शव नेपाल फिर्ता पठाउन नियोगले NOC जारी गर्नु अघि मृतकले सम्बन्धित कम्पनी तथा प्रायोजनका पाउनु पर्ने सुविधाहरु प्राप्त गरेको, निजका व्यक्तिगत मालसामान एवम् सम्पत्तिहरु नियोगलाई बुझाएको क्षतिपूर्ति तथा विमाको रकमको दावीका लागि प्रकृया गरेको यकिन गरेर मात्र NOC जारी गर्दछ ।

कम्पनीले माथी उल्लेख भएबमोजिम कागजात तयार गर्न के कस्ता प्रकृया गर्नु पर्दछ?

सम्बन्धित प्रहरी कार्यालयले शव फिर्तीको लागि सम्बन्धित प्रादेशिक निकाय (Governorate) को स्वीकृतिको लागि पठाउनु पर्दछ । प्रहरी कार्यालयमा रिपोर्ट गर्नु अघि कम्पनीले देहायका प्रकृयाहरु पुरा गरिसकेको हुनु पर्नेछ :

साउदीमा नेपाली श्रमिकको मृत्यु भएपछि शव नेपाल आइपुग्न कति समय लाग्छ ?