प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Introduction

नेपाल सरकारले मिति २०६९/११/६ मा साउदी अरबको जेद्दा शहरमा नेपालको कन्सुलेट स्थापना गर्ने निर्णय गरेअनुरुप साउदी सरकारको स्वीकृति एवम् संगठन तथा व्यवस्थापन सर्भे लगायत प्रशासनिक प्रकृयाहरु सम्पन्न भएपश्चात कन्सुलेट जनरलको रुपमा स्तरोन्नती गरी सन् २०१४ को अगष्ट महिनामा औपचारिकरुपमा स्थापना भएको हो । साउदी अरबको पश्चिमी क्षेत्रको ठूलो शहर जेद्दामा अवस्थित यस महावाणिज्यदूतावासको क्षेत्राधिकार देहायबोजिमका राज्यहरुमा रहेको छ:

S.N.

Region

Major Cities

Distance from Jeddah (KM)

Makkah Al- Kukarramah Region

Makkah

Rabigh

Taif

79

179

167

Madinah Al Munawarah Region

Madina

Yanbu

413

367

Asir Region

Abha

Khamis Mushyat

628

639

Jizan Region

Jizan

700

Najran Region

Najran

856

Al- Baha Region

Al Baha

356

Tabuk Region

Tabuk

969


महावाणिज्यदूतावासले आफ्नो अधिकार क्षेत्रभित्र सम्पादन गर्ने मुख्य कार्यहरु:

१) नेपाली महावाणिज्यदूतावास, जेद्दा (नियोग)को अधिकारक्षेत्रभित्र नेपालको प्रतिनिधित्व गर्ने ।
२) अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही नियोगको कार्यक्षेत्रमा नेपालको र सो कार्यक्षेत्रमा बसोबास गरी आएका नेपाली नागरिकहरुको हित संरक्षण गर्ने ।
३) नेपाल र नियोगको कार्यक्षेत्र अन्तर्गतको क्षेत्रबीच मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने तथा नेपाल र त्यस क्षेत्रबीच आर्थिक, सांस्कृतिक, सामाजिक एवं वैज्ञानिक सम्बन्ध विकास गर्ने ।
४) नियोगको कार्यक्षेत्रअन्तर्गतको प्रान्तमा नेपाली श्रमशक्तिका लागि रोजगारीको गुणात्मक तथा संख्यात्मक अवसरहरु वृद्धि गर्न प्रयत्न गर्ने तथा वैदेशिक रोजगारीको नयाँ बजार पहिल्याउन पहल गर्ने ।
५) नेपाल सरकारको नीति अनुसार श्रमिक मागपत्र प्रमाणिकरण तथा नेपालीहरु कार्यरत कम्पनीहरुको अनुगमन गर्ने।
६) नियोगको कार्यक्षेत्रअन्तर्गतको प्रान्तमा कार्यरत नेपाली श्रमिकहरुले आर्जन गरेको विप्रेषण रकम शीघ्र र सुरक्षित तवरले नेपाल पठाउने व्यवस्था मिलाउन आवश्यक पहल गर्ने ।
७) नियोगको कार्यक्षेत्रअन्तर्गतको प्रान्तको रोजगार बजारको सम्बन्धमा विस्तृत सूचना संकलन गरी वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र समस्यारहित वनाउन नेपालका सरोकारवाला निकायहरुसञगको समन्वयमा जनचेतना अभिवृद्धिको लागि आवश्यक पहल गर्ने।
८) नियोगको कार्यक्षेत्रमा वैदेशिक रोजगारीमा आएका नेपालीहरुलाई परिआउने विभिन्न पीरमर्काहरु समाधान गर्ने ।
९) नेपाल सरकारको हज समितिबाट व्यवस्थापन हुने हजयात्राका सम्बन्धमा आवश्यक समन्वय र सहजिकरण गर्ने ।