साउदी अरबियामा संस्थागत क्वारेन्टिनमा बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नेसम्बन्धी सूचना

साउदी सरकारले गत मे २०, २०२१ मा उक्त मिति पछि साउदी अरबिया प्रवेश गर्ने कोभिड-१९ विरूद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक (non-vaccinated travelers) साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको सबैमा जानकारी नै छ । यसरी सात दिन संस्थागत क्वारेन्टिन बस्दा करिब ३,५००।– साउदी रियाल खर्च लाग्ने भएकाले साउदी अरेबिया आउने नेपाली कामदारले संस्थागत क्वारेन्टिनको